२०७१ साल कार्तिक २५ गतेको कार्यक्रम नमेटिने यादको शुरुवाती स्कृप्ट

लेखक – महेश भुसाल

दुःख माथी अझै दुःख, थपीन्छ घरिघरि ।
बाँच्नुपनि पर्दो रैछ, पल पलमा मरिमरि ।।
जब कसैले तमासा, देखाएर गएपछि......
आउँदैनन् कोही पनि, मेरो वरिपरि ।।

(( दुखीयाको छेउमा नआउ प्रिती रच्ने भगवान......स्वर रामकृष्ण ढकाल.............................))

फूल खोजेर काँडाको विवसतामा अल्झीए म, अल्झीन पनि यसरी अल्झीए कि त्यहाँबाट उम्किन सधै हम्मे हम्मे पर्यो मलाई, र त त्यही काँडा भित्र आफूलाई स्थापित गर्ने प्रयासमा लागिरहेँ म, यस्तो पागल भएँ कि सबै मान्छेले मेरो दिनचर्याको मजाक उडाए, म त जताबाट पनि ठक्कर खाएको मान्छे, भगवानले पनि कैले आफ्नो सम्झीएनन् मलाई, तर पनि म त्यही भगवानलाई फूलको खास्टो ओडाइरहेँ, मलाई सबै दुनियाँका मान्छेहरुको चाल थाहा छ । सुखमा दायाँवायाँ कुकुरले जस्तै सुरक्षा दिने मान्छेहरु, दुःखमा कतिखेर सुरकुच्चा ठोक्छन् त्यो पनि पत्तो पाउदिन म, जिन्दगी एउटा जोड घटाउ न रहेछ, आफन्त र शुत्रहरुको, मैले मित्रहरु जोडे तर तिनीहरु शत्रुहरुमा Replace भइदिए, हरियो देख्दा सम्म त लुछ्दै थिए मलाई, जव म रित्तिएर नाङ्गो डाँडा भएँ तब गए सबै पन्छिएर – सबै पन्छिएर गए । एउटा माझीले कसरी यात्रुसँग मन साट्न सक्छ, किनकी केही समय सँगै बसेको भरमा मन साट्नु नै सबैभन्दा ठूलो गल्ती हो, तर त्यही गल्ती गरिरहेँ मैले । मलाई थाहा थियो एकपटक गएको मान्छेलाई उस्तै व्यवहारमा भेटाउन सक्दिन मैले, यहाँको समय नै यस्तै छ, मानिलिउँ कि मान्छेको मन एउटा वेलुन भएको छ, जसलाई फुकेर हावामा उडाइन्छ तर त्यो गएको गइ हुन्छ, कहिलै फर्केर आउँदैन, हामी सपना देख्छौ त्यो बेलुन अझै पनि उस्तै किसिमले उडिरहेको छ, के थाहा उडेको केही समयमै जहाज ध्वस्त भएजस्तै त्यो पनि ध्वस्त भयो भनेर मनले कल्पना नै गर्न सक्दैन, हो यसरी नै जिवित भइरहन्छ सम्बन्ध, अर्को तर्फबाट सम्बन्ध चुडाइसक्दा पनि एकातर्फको मान्छे भने बिल्कुल त्यसैलाई सम्झीरहन्छ – त्यसैलाई सम्झीरहन्छ, हैन यो कस्तो जवाना हो कसैलाई बिर्सनलाई नशा पिउनै पर्ने, म शत प्रतिशत ढुक्क छु मैले पिएको होइन, कसैले पिलाएको हो– एउटा झुठो नाटक गरेर । खै म पनि नाटकको अभिनय गर्ने चलचित्रको पात्र भएँकी– कुनै प्रेमिकाको पागल प्रेम भएँ आखिर जे भएपनि मान्छेहरुको एउटा रमीताको पात्र भएँ, मलाई कति सताउँछौ मान्छेहरु, कति सताउँछौ र पनि म अझै हारेको छैन..........

चोक चोकमा प्रेमकै, हल्ली चल्ली भएको छ ।
कसैको घर कसैको, गल्ली भएको छ ।।
पिडा कस्तो हुन्छ, धोका दिनेलाई के थाहा......
उसले गर्दा कसैको, बिचल्ली भएको छ ।।

(( जुहारी यो रन्काउने रोधी घरै खाली छ..........................................))

कसैको बिदाइ यति सनसनीपूर्ण भयो मेरो जिन्दगीमा, हुन त त्यसभन्दा पहिले पनि कसैलाई बिदाइ नगरेको होइन, तर पनि केही बिदाइहरु यस्ता हुदाँ रहेछन्, जसलाई गन्तव्यमा पठाइन्छ– त्यसैलाई मनमा लुकाएर राखिदो रहेछ, कसैले नदेख्ने गरि । म एउटा त्यही मन भएँ, मेरो साथबाट जानेहरुको फोटो ग्राफर जस्तै, उनीहरुको फोटो खिचेर मनमा लुकाउन निक्कै सिपालु भएँ म, कारण मैलै जतीलाई स्वागत गरेँ त्यतिलाई बिदाइ गरेको छु – मात्र एक प्रति फोटो लिएर । त्यसैले पनि म आफुलाई फोटो ग्राफर जस्तै नसम्झीए पनि धेरैको फोटो कैद गरेको छु मनमा । कतिले त त्यही फोटो पनि फिर्ता मागरे लगे, कतिले प्रेमको उपहार भनेर गए, कति गए कति गए– म भने त्यो पिडालाई बिस्कुन सुकाएजस्तै सुकाउन पनि सकिन । जिन्दगी भनेकै यादहरुको भारी बोकेर लरखराउँदै लरखराउँदै हिड्ने एउटा अभ्यास न हो, बाँकी अरु त के नै हो र ? जिन्दगी यस्तो होस भन्यो, उस्तो होस भन्यो । यसो गर्यो, उसो गर्यो अन्तत ः सबै प्रयासहरु निरर्थक भइदिन्छन् । पाखामा आउँछु भनेर कुवावाट मच्चिएर उफ्रिने भ्यागुतो फेरी कुवामै पछारिएजस्तै मात्रै भइरहदो रहेछ जिन्दगी, विगतको बैसाखी हालेर बर्तमानको पाइला चालिरहेका हुन्छौ– हामी अधिकाशं मान्छेहरु, पाइला चाल्छौ पनि यसरी कि, त्यो बिगत बल्झीदिएर पुरै बर्तमान ध्वस्त हुने गरि, मैले फेसबुकमा पढेकै हो– एकदिन सुनले फलामलाई सोधेछ ‘‘ पिट्न त मलाई पनि फलामले नै पिट्छ तर तिमी चाँही किन म भन्दा पनि बढि चिच्चाउँछौ ?’’ तब फलामले जवाफ दिएछ – ‘‘अर्काले दिएको चोट भन्दा आफ्नैले दिएको चोट सहन निक्कै गाह्रो हुन्छ नि ।’’ कस्तो मन छुने जवाफ, सायद त्यस्तै भइदियो मेरो जिन्दगीमा पनि । नातिकाजीको शब्दमा तारादेवीले गाउनुभएजस्तै भयो ।
‘‘सोचे जस्तो हुन्न जिवन, सम्झेजस्तो हुन्न जिवन ।
जस्तो भोग्यो त्यस्तै हुन्छ, देखेजस्तो हुन्न जिवन ।।’’
जव हात समाएर सँगै हिडिरहेको मान्छे पलभरमा छुट्टिएर जान्छ तव जिन्दगी देखी नै दिक्क लागेर आउँछ, अल्वर्ट आइस्टाइनले कुनै समय भनेका थिए रे – ‘‘जिन्दगी भनेको साइकल चलाउनु जस्तै हो, सन्तुलन राख्न सकियोभने मात्रै गुड्छ, नत्र क्षणभरमै पल्टिन्छ त्यो........

एउटै थियो त्यसको पनि, आधार टुटेर गयो ।
बटुवा बनेर आयो , अर्को दिन छुटेर गयो ।।
आफ्नै जस्तो लागेर, मुटुमै बास दिएछु.......
जाने बेलामा त्यसैलाई, बेस्सेरी कुटेर गयो ।।

(( रिदयको आधार पनि फेदै देखी भत्कियो..........................))
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter