बैदेशिक रोजगार बिशेष....२०७१ साल मंसिर २ गतेको कार्यक्रम ‘नमेटिने याद’ को सुरुवाती स्कृप्ट

लेखक – महेश भुसाल

गाउँ छोडेर आएँ अनी, शहर छोडेर आएँ ।
जन्मसँगै जोडिएका, नाता तोडेर आएँ ।।
एकदिन ठूलो मान्छे, बनेर आउँछु भन्दै...
काँ हो काँ पैसोको, खोल ओडेर आएँ ।।

(( काठमाण्डौ छुट्यो हेर्दा हेर्दै, आकाशमाथी उडी हालेँ म.............स्वर नरेन्द्र प्यासी.....................))

हो, काठमाण्डौ छोडियो एकैछिनमा, म त गाउँमा जन्मेको मान्छे, शहरको मुख सम्म नदेखेको म, मलाई यत्ती थाहा थियो– शहरमा बडेमानका ठूला ठूला घर हुन्छन्, तर यो थाहा थिएन तिनै घरमा बस्ने मान्छेको मन कत्ति ठूलो हुन्छ, म कहिलेकाँही स्कुलबाट फर्केर आउँदा घरको ढोकामा ताल्चा लगाएको हुन्थ्यो, खै आमा कता जानुहुन्थ्यो सायद घरकै काममा व्यस्त हुनुहुन्थ्यो, मलाई भने आमासँग होइन त्यो ताल्चासँग रिस उठ्थ्यो, यदि यन्त्र भएको भए त्यो फुटाइसक्थे मैले तर अह म कमजोर थिए त्यतिबेला, भोकले सिथिल भएको हुन्थेँ तब ढाडमा बोकिरहेको झोला मिल्काउँथे एकातिर अनी पल्लो घरमा पुग्थेँ, पल्लो घरको आमैले खुब्बै माया गर्नुहुन्थ्यो मलाई, म त्यही खाजा खाएर आउँथे, लाग्छ ति बालकका दिनहरु फेरी आइदिए पनि त हुन्थ्यो नि ! तर म अहिले कुन बिरानो शहरमा छु, न पल्लो घरलाई चिन्छु – न ओल्लो घरलाई । सबै अपरिचित छन् मेरा लागि, बस् मलाई यत्तीको चासो छ, मैले काम गरेवाफत पैसा पाउनु पर्छ । गाउँमा अ‍ैचौ–पैचोको कारोवार गरेर आएको म, यो शहरमा यस्तो बस्तुसँग परिचित हुदैछु जसलाई पाउन आफ्नै ज्यान समेत गुमाउन पछि पर्ने छैन म । एकरात सपना देखेको थिए म आफ्नै गाउँको बिदेशीको मान्छेलाई गाउँको मायाले जति पिरोल्छ, त्यति गाउँमै बस्नेहरुलाई चाहि पिरोल्दैन होला सायद, उनिहरुले गाउँको माया, देशको माया भनेको के हो भन्ने पनि घोरिएर सोच्न भ्याएका हुदैनन् जस्तो लाग्छ मलाई, तर जव बिदेश जाने निरपियौल गरेर एउटा मान्छे लाइनमा बसेर बढो प्रयासले पासपोर्ट हातमा पार्छ त्यतिबेला पहिलोपटक चसक्क चस्किदो रहेछ मन, ढिलो चाडो म मेरो ठाउँबाट टाढा जाँदै छु भन्ने सोचेर होला । पासपोर्टमा भिसा लागेपछि बिदेशमा जान भनेर सबैसँग बिदावारी भएर रोइरहेका आफन्तलाई नरुन भन्दै तर आफुले चाँही रुदै रुदै एकाबिहानै घरबाट निस्किदा दोस्रो पटक कटक्क कुडिदो रहेछ मन, यत्ति माया गर्ने आफन्तबाट टाढिएर कहाँ कहाँ बिरानो भुमिमा जान नपरेको भएपनि हुन्थ्यो भन्ने सोचेर । अनि जव सिरिङ्ग हुने गरि भुइ छोड्दै आफूलाई बोकेको हवाइजहाज त्रिभुवन बिमानस्थलबाट माथितिर नेपालकै भुमिमा उडिरहेको हुन्छ, त्यतिबेला तेस्रोपटक नमज्जाले भक्कानिदो रहेछ मन । सायद त्यतिबेला खसेको आँशु नेपालको भुमिमा खसेको अन्तिम आँशु हुनेछ, त्यसपछि त मन लागेको बेला रुन पनि नपाइदो रैछ, रुनको लागि पनि अर्कैसँग अनुमति लिनु पर्ने.............

खै कसरी जिवन, चलाएको छु मैले ।
आगो बालेर आफ्नै मुटु, जलाएको छु मैले ।।
कसैको सामु झुक्दिन भन्ने, कसम खाएथेँ....
आज पैसाको लागि आफ्नो शिर, ढलाएको छु मैले ।।

(( बिदेशीन मन थिएन बाध्यतामा परेँ म................................))

तिमिलाई फेरी एउटा चिठि लेखेँ आज, सम्झनाले तड्पीरहँदा छेवैमा रहेको कलम घिसारेँ, खाली कापीका पाना पल्टाएँ, एकाबिहानै के भयो मनमा अनेक तर्कनाहरु सल्बलाए सायद सपनीमा देखिएको तिम्रो यादको झझल्कोले होला, ति पुराना यादहरुले होलान् । टुसुक्क बसेर मसी सकिन लागेको कलम खाली पानाहरुमा कुदाएँ, अनी सुरुवात गरेँ लेख्न....समुन्द्र पारीको त्यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई, आरामै त हौला भन्ने आशा मात्र गरेको छु, भरोशा त विश्वासका खातिर तिमीले अरु कसैको काखी च्यापेपछि मलाई सम्झना भन्दा फगत केही मिलेन । तिमीलाई सम्बोधन गरे पश्चात एकपटक झस्किएँ म, यो चिठी किन लेखिरहेछु म । कसलाई लेखिरहेछु भन्ने सम्म त याद छ तर निर्जिव कलमको घाँटी थिचि थिचि अर्थ नै नलाग्ने अर्थबिहिन वाक्यहरु किन ओकल्न विवस बनाउदैछ मलाई भन्ने बिषय कि त तिमीले भाकेकी भगवानलाई थाहा होला कि त तिमीलाई । तिमीले भाकेका भगवान त साह्रै पापी रहेछन्, तिनले सित्तैमा मेरो भेटी खाए, उनको नाममा मलाई पुकार्दै कुनैदिन तिमीले खुल्ला आकाशमा उडाएका परेवाका बचेरा हुर्केर प्रेममा मस्तले जिएका छन् रे भन्ने खबर सुने मैले तर जुन बस्तु प्राप्तीको लागि तिमीले धुप सल्कायौ, नैबेद चढायौ र सक्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हानेर निभायौ । कस्तो अचम्मको हुदो रहेछ बिदेश, पैसाको रुखै रुख हुदो रहेछ बिदेश , म पनि गाउँमा छँदा यस्तै सोच्ने गर्थेँ आज सोच्दा सोच्दै बिदेश आएपछि थाहा भयो कि बिदेश आउने सपना जिन्दगीमा पनि नसोच्ने कुरा रहेछ, साँच्चै म पनि आज यो बिदेशको खाडिमा आगोले सेकेझै घामले सेकिदै छु, आफ्नो उज्जवल भविश्यको लागि सानैमा बिदेश जाने भुत चढ्यो मलाई, गाउँघरमा बिदेशी लाहुरे तर यहाँ त लाहुरे भएर होइन चाउरे भएर काम गर्नु पर्दो रहेछ । पैसा टिप्न रुख चढ्नुपर्छ र पैसा टिप्ने रुख सय तलाको बिल्डिङ हुन्छ यहाँ, पैसा टिप्नलाई झुन्डीएर मर्न लगाएको पासो जस्तै डोरी लगाउनुपर्छ घाँटीमा । यहाँ चर्को घाम भयो भन्न पाइदैन, दुःखको काम भयो भन्न पाइदैन, एकैछिन बिसाएर गर्छु भन्न पाइदैन, काम गर्नु पर्छ त मरि मरि, कहिले दिन कहिले रात । गाली सुन्दा सुन्दै कति छिटो दुई बर्ष बित्छ....................

मलाई कति पटक यहाँ, ठक्कर खुवाइन्छ ।
हाँस्न भनिन्छ अनी, फेरी रुवाइन्छ ।।
म फर्किन्छु कि फर्किन्न, हे नेपाल आमा....
लात मारेर साहुको, गोडा छुवाइन्छ ।।

(( जहाँ पुगेपनि सधै ठक्कर मात्र पाउँछु म.................................))
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter