लेखक – महेश भुसाल
जता जान्छु उतै, बदनाम भएको छु ।
बगलीमा छुरा मुखमा, राम राम भएको छु ।।
जुन सम्बन्धलाई मुटुमा, लुकाएर राखेँ.....
आज त्यही सम्बन्धले, तमाम भएको छु ।।
((म त यसै बदनाम भए.........................स्वर राज सिग्देल))
हो म पहिले नै बदनामी भएको मान्छे, म कुनै सरकारी मान्छे होइन । न मलाई कसैले निलम्बीत गर्छ, न मेरो उमेर बुढो भएपछि जागिरबाट निकालेर अवकाश पत्र थमाइदिन्छ हातमा, बरु म त त्यस्तो मान्छे भएँ अरुको भनेको फिटिक्कै नमान्ने । कसैले तैँले यस्तो गर्नुपर्छ भनेर भन्दा त्यसको ठिक बिपरित गरिदिन्थेँ म– यो मेरो बच्चादेखीको व्यवहार । सानोमा पनि एउटा झिनो बिचार नमिल्दा आफ्नै भाइसँग कति लडेँ कति लडेँ, यसो सम्झीएर सोच्दा म लड्नुपर्ने कारण थिएन जस्तो लाग्छ, म आज पनि यही बिषयमा घोरिरहेछु, किन अरुको विचारभन्दा मेरो विचार विपरित भइदिन्छ ? कलेजमा पनि Picnic जाने कि टुर जाने भन्ने बिषयमा छलफल भइरहदाँ सबैको विचारदेखी फरक हुन पुगेँ म, साथीहरु भन्छन् Picnic जाने, फेरी म एक्लै भन्छु टुर जाने । यही विवादलाई लिएर म सँग कति रिसाए कति, फेरी पनि म कसैसँग रिसाएको छैन ।
मैले एउटा Mind Power को तालिममा सिकेको थिएँ, मान्छेहरु तिन किसिमका हुन्छन् । Audiotory, Videotory र kinesthetic । यि तिन किसिमका मान्छेहरुको व्यवहार भिन्न भिन्नै हुन्छ, Audiotory मान्छेहरु बिशेष गरेर सुन्न मन पराउँछन्, साथीहरुसँग घुलमिल हुन्छन्, आफूले कुनै ठाउँमा देखेको कुरा Audio को माध्यमबाट सबैसँग Share गर्छन । फेरी अर्कोथरी मान्छेहरु हुन्छन्– Videotory । उनीहरु नयाँ चिज हेर्न मन पराउँछन्, आफुहरु राम्रो भएर हिड्न मन पराउँछन्, कसैले हेरीदिए हुन्थ्यो– मैले लगाएको यो चिज भन्ने स्वभावका हुन्छन्, वास्तममा धेरै बोलिरहने मनमा कुरा राख्नै नसक्ने, यस्ता हुन्छन् उनीहरु । र फेरी केही मान्छेहरु हुन्छन्– kinesthetic । उनीहरु ध्यान गर्न मन पराउँछन्, एकान्तमा बस्न मन पराउँछन्, कसैसँग बोल्नै चाहाँदैनन्, उनीहरु एक्लै आफैमा सबथोक हुन्छन् । यिन तिन प्रकारमा मान्छेहरु हुन्छन् दुनियाँमा, तर खै म कुन प्रकारमा परेँ त्यो पनि फिटिक्कै थाहा पाइन मैले, अझै एउटा कुरा, दुनियाँमा जति मान्छेहरु छन् ति मध्ये ९० प्रतिशत मान्छेहरुको आँखाबाटै थाहा पाइन्छ रे – यो कुन प्रकारको मान्छे हो भनेर, तर यो Pratical पनि नगरेको होइन, त्यो तालिमपछि आँखा हेरेर मान्छे पत्ता लाग्ने कुरा थाहा पाएपछि विगत केही दिन म कलेजमा सबैका आँखा हेर्नमै व्यस्त भएँ, तर अह मैले यसरी हेरिरहदाँ कोहीकोही मान्छेरुले भने के के सोचेछन् के के, मेरो यो प्रयोग पनि असफल भयो, त्यसैले आज म एउटै मान्छे खोजिरहेछु.....म सँग बिचार मिल्ने को छ यहाँ, हो म आजभोली यही काममा व्यस्त छु......
मैले एउटा जिन्दगी, बाँचेर देखाउँछु ।
यमराज सँग नाता, गाँसेर देखाउँछु ।।
लौ हेरौँ तैले, कसरी रुवाउँछस्.....
तेरै अगाडी म, हाँसेर देखाउँछु ।।
((छोट्याउँदै थिए मेरो जिवन यात्रा पनि.............................))
कैले जिवन जस्तो भएन जिवन, कुनै पनि सानो समस्यामा निक्कै आत्तिने – मेरो अर्को स्वभाव । लाग्छ यो टेन्सनको आविश्कार कहाँबाट भयो ? आज म त्यसैलाई आफ्नो साथी बनाइरहेछु, एउटा मोवाइलको चार्जर बिग्रिन्छ मलाई टेन्सन सुरु हुन्छ–किन बिग्रीयो भन्ने बिषयलाई लिएर । हरेक कार्य हुनुका पछाडी एउटा कारण हुन्छ, म त्यही कारण खोतल्छु, तर त्यो समुन्द्रमा सियो हराएझै हराउँछ । मैले धेरै पढेँ, चिया बेच्ने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने, मुम्वई हेर्छु भनेर ट्याक्सी चढेर आएका सारु खान नामी सुपर स्टार बने, SLC मात्र पास गरेकी रेखा थापा चर्चित नायिका बनिन्, तिन पटक SLC फेल भएका हरिवंश आचार्य नामी कलाकार बने । यस्तो पढिरहदाँ फेरी टेन्सन उत्पन्न हुन्छ, खै त मेरो भविश्य ? आखिर यस्तै यस्तै कुराहरुले कहिलै सन्तुष्टि भएन जिवन । तँपाइ सोचिरहनुभएको होला कस्तो छ यो मान्छे, म आज भन्छु तँपाइलाई–मेरो आवाज जस्तो शरिर छैन, रेडियोमा मलाई हेर्न आउने कति मान्छेहरुले मलाई पत्याएनन् – यो त्यही कार्यक्रम चलाउने मान्छे हुदै होइन भन्न थाले– मलाई हेर्न आएकाहरु । लौ खतम भयो, अव कसरी लिएर आउँ म जस्तो अर्को मान्छे, आखिर जुन दिनदेखी मित लगाएँ मैले टेन्सन सँग, त्यो दिनदेखी म ठेगानमा छैन ।
केही दिन अघि एक्लै छतमा घाम तापिरहेको थिएँ म, त्यतिकैमा माथी आकाशमा एउटा Aeroplane आयो, जसलाई हामी गाउँले भाषामा हेलिकोप्टर भन्ने गर्छौ, त्यती माथी थिएन सायद त्यो, म भन्दा लगभग ५०० मिटर मात्रै माथी थियो । त्यो त एकैछिनमा आयो र एकैछिनमा गयो, तर त्यो गएको एकैछिनमा मलाई भने चिन्तन उत्पन्न भयो – How to Fly Aeroplane ? आखिर हेलिकोप्टर कसरी उड्छ आकाशमा ? यही बिषयलाई लिएर धेरै सँग बिबाद भयो मेरो, सबैले भन्छन् हेलिकोप्टर माथी हुने ठुलो पंखाले नै हो त्यसलाई उडाउने, फेरी मेरो जवाफ यदि पंखाले मात्रै हेलिकोप्टर उड्ने भए हामीले गर्मी भएको बेला चलाउने Bed पंखा किन उड्दैन ? लौ फसाद भयो, यहि बिषयमा चर्का चर्की भयो, आखिर म कसैको बिचारसँग अटाउनै सकिन । मलाई अस्ती भर्खर जस्तै लाग्छ – कक्षा १० को बिज्ञान बिषयमा एउटा प्रश्न आउँथ्यो ‘‘सानो सियो पानी डुब्छ तर त्यती ठुलो जहाज पानीमा किन डुब्दैन ?’’ भनेर । अनी म बबुरो हत्त न पत्त जवाफ फर्काउँथे जहाज पानीमा डुब्नको लागी बनाकै होइन त कसरी डुब्छ भनेर, हो यस्तो छु म, त्यसैले म ढुक्क भएर भन्छु, मेरो बाहिरी अनुहार हेरेर मेरो स्तर छुट्याउने धेरै भेटेँ मैले, तर भित्री व्यवहार हेर्ने आजसम्म भेटेको छैन............
ओताउनेहरु भेटिन खाली, रुझाउनेहरु भेटेँ ।
रुझाउँदा रुझाउँदै चित्त, बुझाउनेहरु भेटेँ ।।
सुखमा त धेरै भए, जव दुःखले च्याप्यो एकदिन....
फुत्त निस्केर बाटो, सोझाउनेहरु भेटेँ ।।
((भत्किएको जिवन मेरो के रह्यो र बाँकी..................................))