लेखक :– महेश भुसाल
सधै जस्तै आज पनि, आँशु खसेको छ ।
काँ हो काँ कसैको याद, भित्रै पसेको छ ।।
एक दिन फर्किन्छु भन्दै, झुक्याएर गएपछि...
कहिलै आउदिन भनेर, मुटुमा बसेको छ ।।
((धेरै खसे आँशु धारा, कति दुख्यो दिल मेरो............स्वर– शिव परियार
कति खसे आँशु धारा–कति दुख्यो दिल, म दुखाइको कल्पना गर्न सक्ने स्थितीमा पनि छैन । मलाई को द्धारा दुखाइयो, म कसरी दुखेँ त्यो पनि थाहा छैन मलाई । बरु मलाई यत्ती थाहा छ म दुख्नकै लागि जन्मेको हुँ, मेरो चित्कार म सुनाउन बाध्य छु । जिन्दगीको कालरात्रीमा मुर्छा परि परि हाँसको पनि याद छ मलाई, अनी छाती पिटी पिटी रोएको पनि – फरक यत्ती हो मेरो हाँसो मात्र केही सेकेण्डलाई सिमित भइदिन्थ्यो तर आँशु, म कहिलै सुकाउन सक्दैनथेँ यसको मुल । घरको धारोमा पानी नआउँदा हजुरबुबाहरु कोदालो बोकेर जंगलतर्फ मूल खोज्दै हिडेजस्तो भएनन् कहिलै मेरा आँखाहरु, बरु यिनीहरु त बर्खायाममा धारोमा आएको धमिलो पानी जस्तै भइदिए – प्रयोग गर्न पनि नसकिने अनी फ्याक्न पनि नसकिने । थाहा छैन मेरा आँखाहरु पनि घरकै अगाडी रहेको धारो जस्तै भइदिए कि तर एउटा फरक चाँही छ, धारोमा पानी नआउदा घरका सब्बै परिवार चिन्तित हुन्थे, तर म भने आँखाको धाराबाट दरदरी पानी आइरहदाँ यसको मूल सुकाउने प्रयत्न गर्दै छु, म सफल हुन्छु कि हुदैन त्यो पनि थाहा छैन मलाई । सफलताको बर्को ओडेर असफलताको सपनाले भुत बनेर तर्साइरहेको छ मलाई । र पनि म चुनौती दिदै छु समयलाई प्रकट पङ्गेनी शिवको गजलको सेर जस्तै ‘‘हेरी राख मैले समयलाई किन्छु एकदिन ! जे छिनेथ्यो त्यसले मेरो त्यही छिन्छु एकदिन !!’’
संसार अचम्मको रहेछ म जहिले जन्मिए यो दुनियाँमा, त्यही दिनदेखी यो दुनियाँ मेरो खेदो खनिरहेको छ । म कति पटक जिउँदै पुरिएको छु–यिनै मान्छेकौ व्यवहारले । अमर न्यौपानेको सेतो धर्ति उपन्यासमा लेखिए जस्तै स्वास फेर्न जस्तो सजिलो अरु केही छैन जिन्दगीमा । भरखर जन्मिएको बालकले पनि कति सहजै फेरिरहेको हुन्छ स्वास । फूलहरुले पातहरुले पनि कति सहजै फेरिरहेका हुन्छन् स्वास । तर याद राख स्वास फेर्न जस्तो अप्ठ्यारो पनि अरु केही हुदैन । मान्छे जिन्दगीको यात्रामा हिड्दा हिड्दै, गुड्दा गुड्दै अनि बोल्दा बोल्दै एक्कासी त्यही फेरीरहेकै स्वास पुन फेर्न सक्दैन अह जति कोषिश गरेपनि सक्दै सक्दैन उसले । त्यसैले जिन्दगीमा सबैभन्दा सजिलो नै एकदिन सबैभन्दा गाह्रो भइदिन्छ । याद राख यो कुरा कुनै पनि कार्य त्यही सजिलो छैन, जसरी सपना देख्न सजिलो हुन्छ । झुपडीको बास भएपछि थाहा पाउने छौ आफै खुसी कसरी बसाइ सर्दो रहेछ ।
आखिर कस्ले हेर्छ र झुपडीको, बास भएपछि ।
आफन्तकै लागी म, बकवास भएपछि ।।
नाता जोडेकाहरु पनि, बचन फेरेर गए...
म गरिब छु भन्ने, पर्दाफास भएपछि ।।
((झुपडीको बास सँगै, खुसी मेरो साथ छैन........................))
आवश्यकता भन्दा बढि नै आश्रीत भए म कसैको साथमा, मैले सबैलाई आफ्नो सम्झीए तर बिडम्बना मलाई कसैले आफ्नो सम्झीएनन् । अरुको सामु आफुलाई कमजोर साबित हुन नदेउ किनकी डुबेको घामलाई देख्दा मान्छेहरु घरको ढोका बन्द गर्न थाल्छन् भनेर कतै पढेको थिएँ मैले र पनि म आफुलाई बलियो साबित गर्न सकिन । मलाई कमजोर बनाइयो, मलाई कमजोर बनाइयो । श्री ५ ज्ञानेन्द्र बिर विक्रम शाह जस्तै – आफ्नै जिन्दगी देखी निलम्बीत भएँ म । जब म सानो थिएँ, म स्वतन्त्र थिएँ, मेरो कल्पनाको कुनै सिमा थिएन । म सधै दुनियाँलाई बदल्ने सपना देखेर हिड्थेँ, जब म ठुलो भएँ र समझ्दार भएँ तब मैले आफै बुझेँ दुनियाँ कहिलै बदलिदो रहेनछ, यही कारण पनि मेरो लक्ष्य केही खुम्चीयो म देखी म सिर्फ आफ्नो देशलाई बदल्ने निश्चय गरेँ तर त्यो पनि बदलिन तयार भएन, फेरी जब म आफ्नै दिमागको बुढो भए म हतास भएर अन्तिम कोषिस गरेँ आफ्नो परिवारलाई बदल्न जुन मेरो सबैभन्दा नजिक थियो, तर मेरो परिवार पनि बदलिन तयार भएन । आज म मृत्युसैयामा सुतेको छु तब अचानक मलाई अनुभव भयो यदि मैले सबैभन्दा पहिला आफुलाई बदलेको भएँ मलाई देखेर मेरो परिवार बदलिने थियो, हुन सक्छ उनीहरुको प्रेरणा र प्रोत्साहनले म देशलाई अरु राम्रो बनाउन सक्थेँ, कसलाई के थाहा सायद दुनियाँलाई पनि बदल्न सक्थेँ कि । त्यसैले मेरो यही सन्देश हुनेछ, यही सन्देश हुने छ– दुनियाँलाई बदल्नुभन्दा पहिला आफुलाई बदल्नुपर्दो रहेछ, तर हामी भने सधै अरुलाई बदल्न खोज्छौँ । मैले यही कार्यक्रममा पढेको थिएँ एउटा मुक्तक ‘यहाँ हरेक मान्छेमा अहम हुन्छ ! कसैमा बढि हुन्छ त कसैमा कम हुन्छ !! डाक्टरले चुरोट तान्दै यसो भन्छ.....पिउनु हुदैन धुम्रपानले दम हुन्छ !! मैले कति भोगेर पनि आएँ, कति देखेर पनि आएँ, रक्सी खाएर कक्षामा पढाउन हिड्ने शिक्षकहरुको चर्तिकला । मुखमा चुरोटको ठुटो बाल्दै स्वास प्रस्वास गरिरहने तिनै विद्यार्थीहरुको भविश्य बिगार्ने शिक्षकहरु कतिपटक आफ्नो स्वास भर्खर जन्मीएका शिशुहरुको फोक्सोमा पुर्याइरहेका छन् । अझ तिनैले पढाउँछन् धुम्रपानले दम हुन्छ, धुम्रपानले दम हुन्छ भन्दै । यो कस्तो शिक्षा हो, रोगबाट बँचाउन गएको हो कि रोग सार्न गएको पत्तै पाउन नसकिने...........
आफ्नै अस्मिता माथी दाग, लगाएर आउँछ ।
पढ्न गएको मान्छे रोग, जगाएर आउँछ ।
एकाबिहानै अफिस पसेको, एउटा हाकिम.....
भ्रष्टाचार गरि, अघाएर आउँछ ।।
((अनायसै बेकसुरमा, नमेटिने दाग लाग्यो.........................))