लेखक :- महेश भुसाल
खुसीहरु आँशुसँगै, दर्केर आउने भए ।
गएपछि चौतारीमा, पर्खेर आउने भए ।।
मान्छेको जिन्दगानी, कति जाती हुन्थ्यो होला...
गएको मान्छे एकदिन, फर्केर आउने भए ।।
(( सयौ जुनी पाउँछौ भने, पाउ भन्नु ठिक होला...................स्वर बिन्दु परियार))
हाम्री आमाले भन्नुहुन्थ्यो मान्छेको कहिलै पनि तगारो बन्नु हुदैन, यदि उसलाई दुःख दिइयो भने जिन्दगी बाँचेको पनि श्राप लाग्ने छ हामीलाई । यि बाक्यहरुलाई मनन गर्दै अबोध बालकले जस्तै टाउको हल्लाएको थिएँ म त्यतिबेला, तर जब जिन्दगी भन्ने शब्दसँग परिचित हुदै गएँ तब आफ्नै जिन्दगी वाइयात लाग्न थाल्यो । कसैको प्रगति देख्नै नसक्ने यो दुनियाँलाई मलामीको साँची राखेर बाँचिरहेँ म । मलाई अझै याद छ, मलाई पत्रकारिता तालिममा एउटा प्रश्न सोधिएको थियो ‘‘ तिमी बिहानै उठ र बाहिर जाउ, त्यो दिन तिमी पहिलो आँखाले के देख्छौ ? र फेरी एकपटक लामो स्वास तान, र एकपटक दुनियाँलाई सुँघ कस्तो गन्ध आउँछ ?’’ यो प्रश्नको जवाफ अर्को दिन लिएर जानुपर्ने थियो, किनकी यो एउटा Practical थियो पत्रकारिता तालिमको । त्यस प्रश्नको जवाफ मैले अर्को दिन मुक्तकमा लेखेँ र लगेर सुनाएँ ‘‘ उठे जब पुगेँ बाहिर स्वार्थी संसार देखेँ मैले । त्यही स्वार्थी संसारलाई समाचारमा लेखेँ मैले ।। सुघ्न नचाहादा नचाहादै पनि, आउँदै थियो स्वार्थी गन्ध....सम्हालिदै आफैले आफैलाई छेकेँ मैले ।। यो मुक्तकको सुनाउँदा धेरै तालीको स्यावासी पाएको थिएँ मैले, थाहा छैन उहाँहरुले खोजेको जवाफ मैले दिन सकेँ या सकिन । तर यो जवाफ पुरा दिनभरको छलफलको विषय बन्यो । मान्छे स्वार्थी हुन्छ कि उसको व्यवहार स्वार्थी हुन्छ भनेर सोधिएको थियो त्यतिबेला, जसको जवाफमा धेरै उत्तरहरु आए । जसमध्ये त्यहाँ एकजना साथीले भन्नुभएको थियो ‘‘मान्छे भनेको रिमोट हो, र उसको व्यवहार भनेको रिमोटमा लाग्ने ब्याट्री, यदि ब्याट्री भएन भने रिमोट चल्दैन । हो यस्तै हो व्यवहार नभएको मान्छे पनि, तर यो गल्ती हामीले कहिलै गर्नु हुदैन कि ब्याट्रीको दोष रिमोटले पाउनु हुदैन, भनाइको आश्चर्य व्यवहारको दोष मान्छेले नपाओस । त्यतिखेर मैले यो वाक्यलाई खासै ध्यान दिइन, तर यतिका वर्षपछि त्यही एउटा साथीले बोलेको वाक्यले पटक पटक चिथोरीरहेछ मलाई । मैले बल्ल आज आएर थाहा पाएँ, मान्छे र व्यवहार बिल्कुल फरक फरक कुराहरु रहेछन् । बरु मान्छे परिवर्तन गर्न सकिएला तर उसको व्यवहार मरिगए पनि परिवर्तन गर्न नसकिदो रहेछ, सायद त्यसैले होला कसैको व्यवहार मन परेन भने सदाका लागि त्यो व्यक्तिको संगत नै छोडिदिन्छ मान्छे, उसको व्यवहार सुधार्ने प्रयास नै गर्दैन उ, बरु राम्रो व्यवहार भएको अर्को व्यक्तिको खोजीमा भौतारिन्छ । हो यसरी नै कति हो कति मान्छेहरु Replace भइरहन्छन् जिन्दगीमा, आखिर जसरी भएपनि जिन्दगी कटाउने मेसो न हो ........................
जति दुख तिम्लाई पर्छ, मलाई पर्ने छैन ।
तिम्रो लागि भनेर म, कहिलै मर्ने छैन ।
प्रेमको दुरुपयोग, किन गर्छौ नालाएक हो.....
यस्तै हो भने कसैले, माया गर्ने छैन ।।
(( पाएको यो जुनीलाई कमी हुन दिन्न..............................))
बाँच्नका लागि पनि एउटा बाहाना चाहिदो रहेछ । यस्तै बाहानाहरु र बिज्ञापनहरुको संगालो हो जिन्दगी, एक प्रकारको अहिलेको फेसन सो जस्तै । त्यो पनि लाएर देखाउने होइन, नलगाइ देखाउने फेसन जस्तै । थाहा छ जिन्दगी यस्तै अनेक थोक प्रदशन गर्ने बिज्ञापन पनि हो, पत्रिकाको एउटै पानामा छापिएका श्रदान्जली र बधाईका बिज्ञापन जस्तै, झट्ट हेर्दा कुन के हो भन्ने पनि थाहै नहुने गहिरिएर हेर्नु पर्ने बिज्ञापन जस्तौ । हो यस्तै यथार्थ बुझ्न नपाउने र बुझ्ने ठाउँ कतै नहुने बस्तुको नाम हो जिन्दगी । याद गर्नुस जिन्दगी चोरी पनि हो अनि चोर पनि । यसले अवसर अनुसार अनेक चोरिफोरी गर्छ, यसमा धन चोरीको कुरा मात्र होइन, तन र मन चोरेको समेत कुरा आउँछ । धन चोरी देखी मन चोरीसम्म र निध चोरीदेखी पिँध चोरीसम्म जिन्दगीमा भइरहन्छ, चोर्नु अपराध हो भनेपनि चोर्ने क्रम जिन्दगीमा कहिलै रोकिदैन ।
मलाई किन किन आज जिन्दगीको कुरा गर्न मन लागिरहेको छ, म जन्मेर यत्रो भएँ अझैसम्म जिन्दगी के हो भन्नेपनि राम्रोसँग बुझिन मैले, खाली एउटै शब्द बुझेँ ‘जिन्दगी भनेको माया र प्रेम हो ।’ गाउँमा कटाले दाइले हाक हालेजस्तै सबैको सामु यहि भन्दै हिडे मैले । मलाई आज अलिकति चेत आएको छ, जिन्दगी त असिमित इच्छा आकाक्षांको भण्डार पो रहेछ । जिन्दगी कहिले उकालिन्छ, कहिले ओरालिन्छ, स्थिर हुन नसक्नु यसको नियम हो, स्थिर भयो भने त जिन्दगी नै सकियो नि होइन र ? अनेक प्रकारका माया मोहमा फस्दा फस्दै, अनि लोभ लालचमा अड्किएर मेरो मेरो भन्दा भन्दै पत्तै नपाई सुइकिन्छ जिन्दगी । जिन्दगीका इच्छा आकाक्षांहरु पुरा गर्न एक जुनी त के चौरासी लाखौ जुनीमा पनि असम्भब हुन्छ मान्छे, यसमा पनि कतिपय चाँही सपनीमा मात्र पुरा हुने र विपनीमा निकै कम मात्रामा । कम पनि यति कम कि त्यो पुरा हुने प्रतिशत गणितबाट कहिलै निस्कदैन, किनभने गणितमा पनि अहिलेसम्म त्यति सानो संख्याको प्रतिशत निकाल्ने शुत्र बनेकै छैन, यो यस्तै नबनेको शुत्रबाट अर्थ खोजिने बस्तु हो जिन्दगी । जिन्दगीको यात्रा कहिले र कहाँबाट थालियो भन्नेकुरा पनि राम्ररी ज्ञान छैन हामीलाई, हामी यति बुद्धु छौ कागले कान लग्यो भन्ने समाचार सुन्दा, आफ्नै कान छाम्नुको सट्टा त्यही कागको पछि पछि दौडने जस्तो । जिन्दगीको न सुरुवात थाहा हुन्छ, न अन्त्य थाहा हुन्छ । बिचमा यसो र्झल्याक झुर्लुक मात्रै केही कुराहरु थाहा हुन्छन्, त्यसलाई पनि एउटा प्रेम भन्ने भुतले सबै सखाप पारिदिन्छ । लौ यही जिन्दगी केही महिना माटोमा गाडिएको जिव फेरी खोर्सेर हेर्दा खोक्रा हाडहरु भेटिएजस्तै ..................................
कहिले पुग्छ चाहानाको, बर्को ओडेपछि ।
एउटा फ्याकेर फेरी, अर्को ओडेपछि ।।
यती गर्दा पनि अझै, सन्तुष्टी भएन मान्छे...
शिरमा कसैको सिन्दुरको, धर्को ओडेपछि ।।
((तिम्रा हरेक चाहानालाई मेरै मनमा बुन्छु.............................))