कोही आएको थियो सपनाको, महल बनाएर ।
कहिलै छुटिन्न भन्थ्यो, पहल बनाएर ।।
उ आएकै दिनदेखी, शसङ्कित भयो जीवन....
फुत्त निस्कियो फेरी, दलबल बनाएर ।।
(( हजार सपना साँचेको थेँ................स्वर अन्जु पन्त ))
मान्छेले देख्ने सपनाको कुनै मूल्य हुदैन, सपना जतिपटक देखिन्छ त्यतिनै पटक चक्नाचुर भइदिन्छ । देखेका सपनाहरु मलखातोमा मिल्काउने मान्छेहरु मध्येको एउटा म पनि हुँ, तर दुःखका साथ भन्नुपर्छ मैले मलखातोबाट मल बेचेँ तर सपना बेच्न सकिन, मैले पोखरीबाट पानी बेचेँ तर आँशु बेच्न सकिन, कुनै बेला मन बन्धकी दिएको मान्छेलाई कसरी भुल्ने त ? भन्ने प्रश्न नै मेरो औडाहापनको प्रमुख कारक तत्व भइदियो, तर कहिलेकाँही त म जवाफ नै नभएको प्रश्नमा त अल्झीरहेको छैन भन्ने पनि लाग्छ, फेरी जिसस क्राइसले भनेको कुरा झट्ट सम्झन्छु ‘‘माग त तिमी पाउने छौँ, खोज त भेट्टाउने छौँ, अनी ढक्ढकाउ ढोका उघारिने छ ।’’ यही वाक्यलाई सम्झिदै फेरी सहासहरु बटुलेर अगाडी लम्किन्छु म । यादहरु त खिल झै बिझेर बस्दा रहेछन्– घरि घरि बिझाउने गरि, घाउ झै खाटो बनेर बस्दा रहेछन् जतिबेला पनि खत देखिने गरि अनी हस्तचक्र झै बेग्लै हुदाँ रहेछन् कसैसँग नमिल्ने गरि, मान्छेको मन उ त्यो माथीको चट्टान भन्दा पनि कडा हुदो रहेछ, जहाँ एकपटक इमान्दारीता सँग कसैको नाम खोपियो भने त्यो कहिलै पनि नमेटिने रहेछ । मैले सारासँग भनेको छु मैले उसलाई भुलिसकेँ, तर यस्ता बनाबटी कुरा गरेर कति दिन आफैलाई ढाँटौ जस्तो पनि लाग्छ । फेरी अर्को मनले सोच्छु यदि इमान्दार भएर कुनै समय कसैसँग मन साटेको छु भने मैले उसलाई बिर्सनु हुदैन । फेरी सोच्छु निर्देशक बिनाको चलचित्रमा म कहिले देखी अभिनय गरिरहेको छु, जब आफ्नै भन्ने तिमीले अर्कैलाई समातेर गयौ भने मैले सम्झिरहनुको के औचित्य ।
यतिबेला म बडेमानको महलमा आकाशमा नजर लगाउँदै अरुले उडाएका परेवाका बचेराहरु पहिल्याउदै छु । थाहा छ सम्बन्ध छुटेदेखी तिमी र म बिचको हुलाकी जस्तो लाग्छ यिनीहरु मलाई, जिन्दगी धेरै नै सेलायो, कहिले बरफ बनेर मुटुलाई स्थिर बनायो कैले आँखै ठिहीराउने गरि तप्प भुइमा खसिदियो, तर पानी तताउने सोलार भइदिए जस्तै जिन्दगीलाई न्यानो बनाउने कुनै सोलार भेटिएन ।
थाहा छैन यसै गरि गरि कतिदिन बाँचिरहन्छु म, आजको घडिसम्म जिन्दगीलाई घिसार्ने क्रममा, कति जिवन फोकटमा बिताइयो, कतिको भलो चिताइयो, कतिलाई झापट हिर्काइयो, कतिलाई चिन्न भुल गरियो, कतिको निल डामै निल डाम हुनेगरि कुटाइ खाइयो, कतिको मायामा रमाइयो, कतिको चड्कनले आफ्नै गाला पनि समाइयो बस्– जे भयो एकदम ठिक भयो, कति अवसरहरु हामीलाई दक्ष बनाउन आउँछन् रे मेरो गुरुले भन्नुभाको । भगवान रामले त १२ बर्ष वनवास बस्नुपर्यो भने म त एउट साधारण मान्छे कसरी चाहेजस्तो पुग्न सक्छ ।
सक्छौ यो मनलाई, जितेर जाउ ।
आँशुहरुको बजारमा, बिकेर जाउ ।।
लेनदेनको कारोबारमा, किन रित्तै जान्छौ.....
आउ न यो मुटु, झिकेर जाउ ।।
((मेरो भगवान तिम्लाई सम्झी, मनको चोखो माया दिन्थे.........................))

एउटा पिडाले अर्को पिडाको आविश्कार गर्दो रहेछ, अनी म पनि सबै पिडालाई एकतृत गरेर कापीमा लेख्दा लेख्दै कहिलै थाकीन । कहिले कलममा मसी सकिएला र लेखिएका अक्षरहरु धर–यात, धुरुत बनाई टुक्रा–टुक्रा पारि कापीका पानाहरुमा फ्याक्छु भन्छु, बेदनामा मेरो सट्टा कलम रुदो रहेछ । मधुर आँखाबाट बलिन्धारा आँशु चुहाए जसरी मरे नसकिने रहेछ – त्यो कलमको मसीरुपी आँशु । म सम्झाउँछु कलमलाई तँ जे मन लाग्यो त्यही नलेख् त्यो खाली कापीमाथी तर उ त उल्टै म पट्टी निउरी मुन्टो बटार्दै मसीरुपी आँशु चुहाउँछ अनी भन्छ ‘‘मलाई पनि तँपाइलाई जस्तै रुन मन लाग्यो’’ यसरी रोइरहँदा कलमले एउटा वाक्य लेख्ने अनुमती माग्यो, मरिसक्यो त्यो मान्छे भन्ने लाग्छ भने चित्र दोवाटोमा टाँसे हुन्छ तर यसरी गल्ली–गल्ली बेइजत गरि जिउँदै किन मार्नु । बेवकुपको कथा लेखिरहँदा कलमले पनि लगातार छादिरह्यो, सायद मेरो भावनाले कलमको पेट अलि नै बढि निमोठ्यो होला । पेट दुख्यो भन्दै अन्तिममा मेरो कलमले लेख्छ ‘‘ एकचोटी अप्रेशन गरेको घाउ डाक्टरले भनेजस्तै पुरै निको नहुदो रहेछ’’ घाउको दुखाइ त्यो विरामीलाई थाहा हुन्छ, पैसाको लागि भुँडी नाप्ने, तार बोक्ने, कैँची बोक्ने डाक्टरलाई के थाहा, एउटा बिरामीको पिडा । निको नभएको रोगीको हालत तिमीले सारथी बनाएको कुनै लखपती सँग दाँज्न मिल्दैन । भो नदाँज मेरो मायालाई, नदाँज मेरो जिन्दगी त्यो नाथे सम्पतिसँग । मेलै कतै सुनेको थिएँ किरा लागेको मायाको घाउ धमिरा लागेको धनको महलभन्दा कति हो कति ठूलो हुन्छ रे । त्यसैले निर्जिव कलमको घाँटी थिची थिची लेखेको अर्धलिखित यो गन्तव्यहिन चिठी म तिमीलाई पठाउँ कि नपठाउँ ? सडकमा बसेर चिच्चाएर सुनाइदिउ झै पनि नलागेको होइन ।
कुनै सम्बन्धहरु यस्ता हुदाँ रहेछन् जुन टाढा भएर पनि टाढा हुदैनन् । जिन्दगीको यात्रमा कुनै पनि सम्बन्ध निकै नै प्रिय लाग्दो रहेछ, किनकी बिस्तारै बिस्तारै मनको निक्कै नै नजिक हुदोँ रहेछ त्यो, त्यतिबेला सपनाहरु पनि बेग्रल्तै नै देख्न पुग्दा रहेछौ हामी, बाख्रोको बड्कौला जस्तै छरपस्ट हुदाँ रहेछन् सपनाहरु, तर मान्छले देखेका सपनाहरु सबै कहाँ पुरा हुदाँ रहेछन् र, यदि यस्तो हुन्थ्यो भने त मान्छेले आँशु भनेको के हो भन्नेपनि थाहा पाउदैनथ्यो होला, यहाँ त कतिपय सपनाहरु टुट्नकै लागि जन्मिदा रहेछन्, जति बचाउन खोजेपनि मरिगए नसकिने...............
धोका दिने यो मान्छेको, आदत पुरानो हो ।
मन एउटै भएपनि, मुटु बिरानो हो ।।
सोच्न त सोच्छौ हामी, यो मेरै मान्छे हो....
तर होइन यो त, अर्कैको दिवानो हो ।।
(( नलाएथेँ झुठो माया, नगरेथेँ मैले भुल..............................))