लौ पढ्नुहोस, यही पौष ७ गतेको कार्यक्रम नमेटिने यादको सुरुवाती स्कृष्ट...

मरिसकेको रहर, फेरी जगाउनु पर्छ ।
अघि लाग्नुपर्छ अरुलाई, पछि लगाउनु पर्छ ।।
यदि यो दुनियाँमा, टिक्नु छ भने...
लडेर हुन्न, पसिना बगाउनु पर्छ ।।

((पसिना बगाउ अब, रगत बगेर गइसक्यो..........स्वर– शिशिर योगी))

म आज विश्वको बयान गर्दिन देशकै बयान गर्छु, विश्वमा कुनै एक ताक थिए एक व्यक्ति- हिटलर, उनले संसार नै जित्छु भन्ने प्राण लिएका थिए, जब दोस्रो विश्वयुद्ध भयो उनले त्यसैमा हार्न पुगे र पछि आत्महत्या गरे । नेपालमा पनि जन्मीएथे यस्ता विर पुर्खाहरु जसले कहिलै हारेनन् र विश्वमाझ आफूलाई गोर्खालीको पहिचान दिए । सम्झिदा पनि साह्रै दुख लाग्छ, कस्ता नेपाली आज कस्ता भयौ हामी, अंग्रेज र नेपालको युद्धमा गोलीको सामना ढुङ्गाले गरेका नेपाली हौँ हामी – आज कसरी कमजोर बन्न पुग्यौ ।

एक एक टुक्रा जोडेर आज यत्तिको बनाएको नेपाल, यसैलाई पनि टुक्राउन खोजिन्छ, जुन नेताहरु काठमाडौमा बसेर नेपालको हेन्डेल गर्छन् त्यही काठमाडौ र कृर्तिपुरलाई मिलाउन कति गाह्रो परेको थियो, कृर्तिपुरले गोर्खालीलाई दुई–दुई पटक लडाँइमा हराएको थियो, जहाँको लडाँईमा गोर्खाली विर कालु पाण्डे मारिए, प्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह पनि झण्डै मारिएनन्, त्यस्तो कृर्तिपुर तेस्रो चोटी नाकाबन्दीको प्रभावले लँडाइ नै नगरी गोर्खा राज्यमा गावियो । काठमाडौ एकिकरण पछि गोर्खाको एकिकरण अभियान – 'नेपाल एकिकरण अभियान' बन्यो, अनी गोर्खाबाट काठमाडौमा राजधानी सारियो । हो सिमानामा जाने हो भने अझै पनि अंग्रेजहरुले बनाइदिएका जंगे पिलरहरु देख्न सकिन्छ । बहादुर शाहको पालामा नेपाल पूर्वमा सिक्कीम भुटानसम्म पुग्यो, जसलाई टिस्टादेखी काँगडासम्मको बिशाल नेपाल भनिन्छ । बिगतको त्यस्तो नेपाल, १०४ बर्षिय जहानिय राण सासन अन्त्य गरेका हामी नेपाली, आज अरुको देश बनाउन र हेर्नमा नै व्यस्त भएका छौँ । २००७ सालदेखी समृद्ध नेपाल बनाउने जनताको उत्कृष्ट चाहाना आजका मिति सम्म पनि पुरा भएको छैन र झट्टपट्ट पुरा हुने कुनै संभावना पनि देखिएको छैन । जनताहरु दास होइनन् – मालिक हुन्, हामीलाई मालिक बनाइनु पर्छ भन्दा भन्दै देश सकियो ।

कालु पाण्डे जस्ता बिर पुर्खाहरु गुमाएर आज यत्तिको बनाएको नेपाल किन टुक्राउनु पर्यो, किन फुटाउनु पर्यो, आखिर बनाएकोलाई पो माया हुन्छ – आफ्नो सम्पत्तीको, आफ्नो सन्तानको । अरुलाई त के वास्ता, एउटा सन्तान आफ्नो बाबुसँग अंश लिनको लागि कति तम्सीन्छ तर उसलाई के थाहा उसको बाबुले कति कष्टले त्यो सम्पत्ति जोडेको हो भन्ने कुरा । हो यस्तै भयो, कसैले निक्कै कष्टले जोडिदिएको देशलाई कसैले क्षण भरमै तोडिदियो । पहिला कसैमा निर्भर हुनु नपर्ने हामीहरु, आजभोली त नरेन्द्र मोदी रिसाउँदा पनि हाम्रो घरको चुल्हो निभ्छ, हाम्रो यात्रा रोकिन्छ, अनि हाम्रो बास खोसिन्छ । जनताले त्यती ठूलाठूला सपना पनि देखेका छैनन्, हाम्रो नेताहरुले फलाके झै नेपाललाई भर्खरै स्वीजरल्याण्ड बनाउलान् भन्ने पनि नेपालीलाई त्यति अपेक्षा छैन । न त लड्नु पर्यो, न त मर्नु पर्यो मात्र केही गरेर देशको मुहार फेरिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् नेपालीहरु......

हामीले कहिलै भनेका छैनौ, मरेर देखाउ ।
बाराक ओभामाको स्थानमा, परेर देखाउ ।।
हामी त यत्ति भन्छौ, कति नराम्रो मात्रै देख्छौ यार...
हिम्मत छ राम्रो कुराको, सिको गरेर देखाउ ।।

((आक्रोस निभाउ अब, युद्ध टरेर गइसक्यो......................))
 .

कठै मेरो देश, मेरो सरकार । म यति बेला सर्मिन्दा छु, सार्वभौमसम्म राष्ट्रको परनिर्भरताको यो पराकाष्ट देखेर । कम्तिमा पनि ६ महिना, नभए ३ महिना, त्यो पनि नभए १ महिनालाई थेग्नसक्ने इन्धन पनि हामीले स्टोर गरेर राख्न सकिरहेका रहेनछौँ । लाइनहरुको लाइनमा अर्को एउटा लाइन थपियो रे हिजो देखि नेपालमा – दाउरा किन्नेको लाइन । कठै हामी नेपालीहरु, हेर हाम्रो इतिहास करिब ४५ हजार तालिम प्राप्त र आधुनिक हात हतियारले सुसज्जीत अंग्रज सेनासँग थोरै सैन्य शक्ति रहेको नेपालले युद्ध लड्नु आफैमा जोखिमपूर्ण काम थियो, हाम्रा बिर पुर्खाहरुले खाली खुट्टा परम्परागत हतियारका भरमा अंग्रेजसँगको युद्धमा देखाएको बहादुरी, बिरता र साहसको जति प्रशंशा गरेपनि कमै हुन्छ ।
.
अरे त्यस्ता नेपाली हामी, आज प्वालभित्र मुसो लुकेजस्तै लुकेर अझै पनि यो भन्न छोडेका छैनौ – ‘हामी गोर्खाली बहादुर हौँ ।’ जुन नेपाललाई बचाउनको लागि हामी पहिला अंग्रेजहरुसँग लडेथ्यौँ, जुन नेपाललाई बिशाल बनाउनको लागि हामी एकिकरण गरेथ्यौँ आज त्यही नेपाल खण्ड खण्ड बनाएर प्रदिप कुमार राई व्याकुल माइला ले रचेको देशको राष्ट्रिय गानकै अपमान गरिरहेका छौ हामी । राष्ट्रिय गानको कुनै एक ठाउँमा भनिएको छ – ‘अखण्ड यो प्यारो हाम्रो मात्रीभुमी नेपाल’ भनेर, तर त्यही अखण्ड नेपाल आज खण्ड खण्ड भएको छ । आफ्नो ज्यान गए जाला तर नेपाल बँचाउँछु भन्ने हामीले, आज जानी जानी भारतलाई मधेश सुम्पिदै छौँ, चिनलाई हिमाल सुम्पीदैछौँ, बाँकी रह्यो विर गोर्खाली । यदि सबै कुरा त सुम्पीएर सकिसक्यौ भनेपछि यो गोर्खाली चाँही किन भनिरहनु पर्यो आफूलाई । काम चाँही राक्षसको गर्ने, नाम चाँही गोर्खाली भन्ने – हामी कस्ता नेपाली ।

सन् १८१६ मार्च ४ गते सुगौली सन्धी भएको थियो, सबैलाई चेतना होस् यो बर्ष त्यो सन्धि भएको २०० बर्ष पुग्दै छ । करिब २०० बर्ष अघि खुम्चीएर मेची र महाकालीमा साँघुरिएको नेपाल आज दुई सय बर्ष पछि आएर फेरी खुम्चन खोज्दैछ , तर तिमी भने लाटोले पापा हेरे झैँ के हेरेर बसिरहेका छौ विर गोर्खालीहरु । मलाई थाहा छ तिमीहरु नामका मात्र बिर गोर्खाली हौ, अरु त के कुरा तिमीहरुलाई एउटा सियो बनाउन सम्म आउँदैन । देशलाई बचाँउनु त कहाँ हो कहाँ हो, उल्टै अर्कैको देश तर्फ लागेर आफ्नै देशमा नाकाबन्दी गरेर बस्छौ, आफ्नै बाबुआमालाई दुख दिन्छौ – थुक्क नेपाली, अझ तिमी गोर्खाली ? तिमी त कायर हौ कायर, जसले लुकेर एक नेपालीले अर्को नेपालीको हत्या गर्छौ, विनाकारण आफ्नै सन्तानलाई गोली ठोक्छौ, प्रधानमन्त्री भएर देशका नाममा सम्बोधन बाहेक अरु केही गर्न सक्दैनौ । यसैलाई तिमी नेपाली भन्छौ भने भन, गोर्खाली भन्छौ भने भन । तर याद राख तिमी जुनसुकै बेला भारती वा चाइनिज पनि बन्न सक्छौ, हो जुनसुकै बेला बन्न सक्छौ....

आफ्नै नेपाललाई तिमी, बुझ्न सम्म सकेनौ ।
बिदेशी राक्षसका जगल्टा, लुछ्न सम्म सकेनौ ।।
अरु त झन्, के लछारपाटो लाउँछौ तिमी...
नेपाल आमाको आँशु, पुछ्न सम्म सकेनौ ।।

((हराभरा पार देश, पत्झड उडेर गइसक्यो..............))

मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter