सँगै बस्ने सपनाको, बिछोड भएपछि ।
झोला बोकेर एउटा मान्छे, परदेश गएपछि ।।
उसको आँखा कहिलै, ओभानो भएन....
हुरी आइ रहर जती, टाढा लएपछि ।।
((बिछोडको करौतीले, काट्नु मनै काट्यो.....................))
खै कहाँबाट सुरु गरौँ मनमा धेरै कुराहरु तहस नहस भएका छन्, सबैलाई एकैपटक प्रस्फुटन गरौँ त तिम्रो लाचार सरकारले धान्न नसक्ला, ताकी जनमत सङग्रहको नाममा कालो पाटी बाधिएका प्रदेशी सामु, संविधानको मंश्यौदा लादिएको जस्तो भएर, सडकमा च्यातिएको कागज जस्तै होला । सुन्छु नेपालमा संविधान बन्यो रे, तर खै के भयो बिगत ४ बर्ष देखी पानी विना माछा छट्पटिए जस्तै संविधान आए त के के न हुन्छ भन्दै, बढो ठूलो आस बोकेर बाँच्ने परदेशीहरु हिजो पनि पसिना र आँशु घोलेर पिउँथे र आजपनि पिउँछन् । संविधान आयो भन्दै घरमा दिप बाल्नुको, बाटोमा नेपालको नक्सा कोर्नुको औचित्य के भयो, ताकी हिजो र आजमा केही परिवर्तन छैन भने । यो त केटोकटी आए गुलेली खेलाए मट्याङ्ग्राको नास भनेजस्तै भयो ।
.
हे देश, हे सरकार, तिमीले फ्रि भिषा, फ्रि टिकट भन्दै किन युवाहरु देशबाट खेदाउँछौ, कैले सम्म पौरखी हातहरुलाई अर्काको देशमा दुख गर्न प्रोत्साहन गर्छौ, फोकटमा ४ बर्ष संबिधानको नाममा तिमीहरुले खाएको तलबको एक एक हिसाब गर्न, म जस्ता कयौ प्रदेशी युवाहरु तिम्रो कठालो समाउन आउने छन्, परिवार र नेपाल आमा बिबश परिस्थितीमा रोइरहेको बेला पनि नेपालमै हुन नपाउनुको पिडा परदेशमा रहनेलाई कति हुन्छ त्यो मलाई थाहा छ । आज समुन्द्र पारीबाट जन्मभुमीले भोगेको पिडालाई टुलुटुलु हेर्नु, छट्पटिनु र सम्झनामा लिनु सिवाय केही गर्न सकिएन बाबै ।
.
भन्नेहरुले त भन्लान, त्यो त रुखमा फलेको पैसा टिप्न गएको छ, के गाह्रो होला र, जति भन्यो त्यति पठाउँछ । परदेश नगएको एउटा अन्जान नेपालीले यही सोच्छ तर सास कुरीरहेको बेला, जब काठको बाकसमा लास आउँछ नि, त्यतिखेर अलिकति भएपनि हेक्का हुन्छ त्यो आफन्तलाई – बिदेशको दुख र पिडाको । शरिर एक ठाउँ, मन अर्को ठाउँ, फरक संस्कार फरक संस्कृती, फरक रितिरिवाजमा झेलिएर पनि परिवारले जती भन्यो त्यती पैसा पठाउने, जहिले भन्यो त्यहीले पठाउने, अरुको खुसीको लागि आफ्नो ज्यान पनि नभन्ने, जती पिडा परेपनि हाँसी हाँसी बोल्ने । घँुडा धस्ने, ढलमा पस्ने, आफु मरेर परिवार खुसी बनाउने वा परदेशी मेरो सलाम छ तिमीलाई, देशमा कहाँ के भयो होला, आफन्तको अवस्था कस्तो छ होला भनेर सधै चिन्ता लाग्छ है तिमीलाई ? हजारौ माइल टाढा भएर पनि तिम्रो मन, मुटु, सोच अनी कल्पना सधै नेपालमै छ नि मलाई थाहा छ । अरु त के कुरा नेपालकै माटो कुल्चन पाउँदा तिम्रा पाउहरु कति साहिन हुन्छन्, तर के गर्ने परिस्थितीले तिमीलाई टाढा पुर्याएको छ । त्यो तिमीलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन, तिमी सही सलामत नेपाल फर्कन्छौ या फर्कन्नौ, तर पनि तिमीलाई कसैले पर्खिरहेको छ यहाँ........
.
बालुवामा सपनाको, खेती गरिरहेछौ ।
ए परदेशी तिमीले, यती गरिरहेछौ ।।
यो जगतको दोश्रो, भगवान हौ तिमी...
अरुलाई बँचाउन आफ्नै, क्षती गरिरहछौ ।।
.
((मरुभुमी बालुवामा, सपनाको खेती........... .........))
.
मैले छोड्दा सम्म त घर सबै ठिकै थियो, गोठको ठाउँमा गोठा थियो–मोठको ठाउँमा मोठा थियो । करेसावारी थियो, केराको घारी थियो । जे जे जहाँ थिए सबै त्यही नै ठिक ठाक थिए, जब म हिडेँ अनी भन्छौ, घरको ठाउँमा घर छैन, म आकाशमा उडेँ अनी भन्छौ पिपलको छेवैको बर छैन, अनी रुदै रुदै भन्छौ अब बाँच्ने कुनै रहर छैन । यस्तै दुखेसो सुनिरहँदा फेरी ठोकिन्छु एक चिर चिराहट सत्यमा, फेरी एकपटक सम्पूर्ण नेपालीको मुटु हल्लीने सन्देश इराकमा कार्यरत २१ जना नेपालीबाट आएको छ रे भन्ने पढ्छु फेसुबकमा, अझ उनीहरुले पठाएको सन्देशको एउटा शब्द सुन्दा त आफूलाई नेपाली भएकोमा कस्तो राक्षस ठाउँमा जन्म लिइएछ बाबै भन्ने पनि लाग्छ, ति २१ जना नेपालीले भनेका छन् ‘‘यदि बेलैमा उद्धार भएन भने, हाम्रो लास मात्र नेपाल फर्कने छ ।’’ आम्मै पैसा कमाउने र परिवारमा नाना र छाना हाल्ने सुन्दर सपना बोकेर बिदेशीएका विवस व्यक्तिको शव घरमै आइपुग्दा त्यसको अवस्था कस्तो हुन्छ होला, हामी सहजै रुपमा अनुमान गर्न सक्दैनौ ।
.
एकदिन घुम्दै घुम्दै थाहै नपाई त्रिभुवन विमानस्थल पुगेछ, मैले त्यतिखेर थाहा पाए सन्तान मर्दाको एउटा आफन्तको पिडा । बिमानस्थलको आगमन कक्षको waiting रुममा बसिरहेको बेला झण्डै ७० बर्षका वृद्ध अन्य दुइजना सहयोगीका साथमा ठूलो बाकस सहित ट्रली गुडाउँदै बाहिर निस्कीए, बाहिर पर्खिरहेको एउटा समुह ट्रली तिर मोडियो, ट्रलीबाट बाकस ओरालेपछि रुवाबासी चल्न थाल्यो, सोधपुछ गर्दा थाहा भयो, मलेसियामा कमाउन गएका नेपाली युवालाई बाकसमा प्याक गरेर पठाइएको रहेछ । एउटा दुखको कहानी सकिन नपाउँदै विमान स्थलमा फेरी अर्को बाकस आइपुग्यो, कुन चाँही आफ्नो मान्छेको शव हो, ठम्याउन गाह्रो पर्यो आफन्तलाई । मैले दुदर्शा देख्न सकिन त्यहाँबाट हिडेँ ।
.
कठै परदेशी जिवन, कठै तिमी परदेशी । तिमीले पठाएका पैसाले देश चलाएको सरकारले तिम्रो लागि केही गर्न सकेन, परदेश जाने बेलामा आर्शिवाद लिएर विदाइको हात हल्लाएको याद आउँछ होला नी है तिमीलाई, तिमीलाई थाहा छ – तिमी परदेश गएदेखी गाउँ सून्य भएको छ । तर यो चाँही कहिलै नभुल्नु तिम्रा मित्र भन्दा धेरै शत्रु छन् गाउँमा । तिमीले अरुलाई देखाउनको लागि पनि हिम्मत हार्ने छैनौ । तिम्रो साहासी पना देखेर अलिकती भएपनि छाति फुलेर आउँछ, आफूलाई विर गोर्खाली भन्न मन लाग्छ, यदि तिमी परदेश नगएको भने हामी भोक भोकै मर्ने थियौँ, तर तिमी भने आफू मरेर हामीलाई बँचाइ रहेछौ । तिम्रो आफन्तको फेरी एक सलुट तिमीलाई........ .....
.
थाहा छ तिम्लाई जहिले सुकै, पिर परिरहन्छ ।
जता जान्छौ उतै, भिर परिरहन्छ ।।
क्यारछौ तनी नेपालीको, कर्मै यस्तै रैछ...
पाइला पाइलामा दुखको, जन्जिर परिरहन्छ ।।
.
((थाहै हुन्न कुन बाटोले, भिर तिर लान्छ.......... .))
झोला बोकेर एउटा मान्छे, परदेश गएपछि ।।
उसको आँखा कहिलै, ओभानो भएन....
हुरी आइ रहर जती, टाढा लएपछि ।।
((बिछोडको करौतीले, काट्नु मनै काट्यो.....................))
खै कहाँबाट सुरु गरौँ मनमा धेरै कुराहरु तहस नहस भएका छन्, सबैलाई एकैपटक प्रस्फुटन गरौँ त तिम्रो लाचार सरकारले धान्न नसक्ला, ताकी जनमत सङग्रहको नाममा कालो पाटी बाधिएका प्रदेशी सामु, संविधानको मंश्यौदा लादिएको जस्तो भएर, सडकमा च्यातिएको कागज जस्तै होला । सुन्छु नेपालमा संविधान बन्यो रे, तर खै के भयो बिगत ४ बर्ष देखी पानी विना माछा छट्पटिए जस्तै संविधान आए त के के न हुन्छ भन्दै, बढो ठूलो आस बोकेर बाँच्ने परदेशीहरु हिजो पनि पसिना र आँशु घोलेर पिउँथे र आजपनि पिउँछन् । संविधान आयो भन्दै घरमा दिप बाल्नुको, बाटोमा नेपालको नक्सा कोर्नुको औचित्य के भयो, ताकी हिजो र आजमा केही परिवर्तन छैन भने । यो त केटोकटी आए गुलेली खेलाए मट्याङ्ग्राको नास भनेजस्तै भयो ।
.
हे देश, हे सरकार, तिमीले फ्रि भिषा, फ्रि टिकट भन्दै किन युवाहरु देशबाट खेदाउँछौ, कैले सम्म पौरखी हातहरुलाई अर्काको देशमा दुख गर्न प्रोत्साहन गर्छौ, फोकटमा ४ बर्ष संबिधानको नाममा तिमीहरुले खाएको तलबको एक एक हिसाब गर्न, म जस्ता कयौ प्रदेशी युवाहरु तिम्रो कठालो समाउन आउने छन्, परिवार र नेपाल आमा बिबश परिस्थितीमा रोइरहेको बेला पनि नेपालमै हुन नपाउनुको पिडा परदेशमा रहनेलाई कति हुन्छ त्यो मलाई थाहा छ । आज समुन्द्र पारीबाट जन्मभुमीले भोगेको पिडालाई टुलुटुलु हेर्नु, छट्पटिनु र सम्झनामा लिनु सिवाय केही गर्न सकिएन बाबै ।
.
भन्नेहरुले त भन्लान, त्यो त रुखमा फलेको पैसा टिप्न गएको छ, के गाह्रो होला र, जति भन्यो त्यति पठाउँछ । परदेश नगएको एउटा अन्जान नेपालीले यही सोच्छ तर सास कुरीरहेको बेला, जब काठको बाकसमा लास आउँछ नि, त्यतिखेर अलिकति भएपनि हेक्का हुन्छ त्यो आफन्तलाई – बिदेशको दुख र पिडाको । शरिर एक ठाउँ, मन अर्को ठाउँ, फरक संस्कार फरक संस्कृती, फरक रितिरिवाजमा झेलिएर पनि परिवारले जती भन्यो त्यती पैसा पठाउने, जहिले भन्यो त्यहीले पठाउने, अरुको खुसीको लागि आफ्नो ज्यान पनि नभन्ने, जती पिडा परेपनि हाँसी हाँसी बोल्ने । घँुडा धस्ने, ढलमा पस्ने, आफु मरेर परिवार खुसी बनाउने वा परदेशी मेरो सलाम छ तिमीलाई, देशमा कहाँ के भयो होला, आफन्तको अवस्था कस्तो छ होला भनेर सधै चिन्ता लाग्छ है तिमीलाई ? हजारौ माइल टाढा भएर पनि तिम्रो मन, मुटु, सोच अनी कल्पना सधै नेपालमै छ नि मलाई थाहा छ । अरु त के कुरा नेपालकै माटो कुल्चन पाउँदा तिम्रा पाउहरु कति साहिन हुन्छन्, तर के गर्ने परिस्थितीले तिमीलाई टाढा पुर्याएको छ । त्यो तिमीलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन, तिमी सही सलामत नेपाल फर्कन्छौ या फर्कन्नौ, तर पनि तिमीलाई कसैले पर्खिरहेको छ यहाँ........
.
बालुवामा सपनाको, खेती गरिरहेछौ ।
ए परदेशी तिमीले, यती गरिरहेछौ ।।
यो जगतको दोश्रो, भगवान हौ तिमी...
अरुलाई बँचाउन आफ्नै, क्षती गरिरहछौ ।।
.
((मरुभुमी बालुवामा, सपनाको खेती...........
.
मैले छोड्दा सम्म त घर सबै ठिकै थियो, गोठको ठाउँमा गोठा थियो–मोठको ठाउँमा मोठा थियो । करेसावारी थियो, केराको घारी थियो । जे जे जहाँ थिए सबै त्यही नै ठिक ठाक थिए, जब म हिडेँ अनी भन्छौ, घरको ठाउँमा घर छैन, म आकाशमा उडेँ अनी भन्छौ पिपलको छेवैको बर छैन, अनी रुदै रुदै भन्छौ अब बाँच्ने कुनै रहर छैन । यस्तै दुखेसो सुनिरहँदा फेरी ठोकिन्छु एक चिर चिराहट सत्यमा, फेरी एकपटक सम्पूर्ण नेपालीको मुटु हल्लीने सन्देश इराकमा कार्यरत २१ जना नेपालीबाट आएको छ रे भन्ने पढ्छु फेसुबकमा, अझ उनीहरुले पठाएको सन्देशको एउटा शब्द सुन्दा त आफूलाई नेपाली भएकोमा कस्तो राक्षस ठाउँमा जन्म लिइएछ बाबै भन्ने पनि लाग्छ, ति २१ जना नेपालीले भनेका छन् ‘‘यदि बेलैमा उद्धार भएन भने, हाम्रो लास मात्र नेपाल फर्कने छ ।’’ आम्मै पैसा कमाउने र परिवारमा नाना र छाना हाल्ने सुन्दर सपना बोकेर बिदेशीएका विवस व्यक्तिको शव घरमै आइपुग्दा त्यसको अवस्था कस्तो हुन्छ होला, हामी सहजै रुपमा अनुमान गर्न सक्दैनौ ।
.
एकदिन घुम्दै घुम्दै थाहै नपाई त्रिभुवन विमानस्थल पुगेछ, मैले त्यतिखेर थाहा पाए सन्तान मर्दाको एउटा आफन्तको पिडा । बिमानस्थलको आगमन कक्षको waiting रुममा बसिरहेको बेला झण्डै ७० बर्षका वृद्ध अन्य दुइजना सहयोगीका साथमा ठूलो बाकस सहित ट्रली गुडाउँदै बाहिर निस्कीए, बाहिर पर्खिरहेको एउटा समुह ट्रली तिर मोडियो, ट्रलीबाट बाकस ओरालेपछि रुवाबासी चल्न थाल्यो, सोधपुछ गर्दा थाहा भयो, मलेसियामा कमाउन गएका नेपाली युवालाई बाकसमा प्याक गरेर पठाइएको रहेछ । एउटा दुखको कहानी सकिन नपाउँदै विमान स्थलमा फेरी अर्को बाकस आइपुग्यो, कुन चाँही आफ्नो मान्छेको शव हो, ठम्याउन गाह्रो पर्यो आफन्तलाई । मैले दुदर्शा देख्न सकिन त्यहाँबाट हिडेँ ।
.
कठै परदेशी जिवन, कठै तिमी परदेशी । तिमीले पठाएका पैसाले देश चलाएको सरकारले तिम्रो लागि केही गर्न सकेन, परदेश जाने बेलामा आर्शिवाद लिएर विदाइको हात हल्लाएको याद आउँछ होला नी है तिमीलाई, तिमीलाई थाहा छ – तिमी परदेश गएदेखी गाउँ सून्य भएको छ । तर यो चाँही कहिलै नभुल्नु तिम्रा मित्र भन्दा धेरै शत्रु छन् गाउँमा । तिमीले अरुलाई देखाउनको लागि पनि हिम्मत हार्ने छैनौ । तिम्रो साहासी पना देखेर अलिकती भएपनि छाति फुलेर आउँछ, आफूलाई विर गोर्खाली भन्न मन लाग्छ, यदि तिमी परदेश नगएको भने हामी भोक भोकै मर्ने थियौँ, तर तिमी भने आफू मरेर हामीलाई बँचाइ रहेछौ । तिम्रो आफन्तको फेरी एक सलुट तिमीलाई........
.
थाहा छ तिम्लाई जहिले सुकै, पिर परिरहन्छ ।
जता जान्छौ उतै, भिर परिरहन्छ ।।
क्यारछौ तनी नेपालीको, कर्मै यस्तै रैछ...
पाइला पाइलामा दुखको, जन्जिर परिरहन्छ ।।
.
((थाहै हुन्न कुन बाटोले, भिर तिर लान्छ..........