२०७३ असार १४ गतेको कार्यक्रम 'नमेटिने याद' को सुरुवाती स्कृप्ट....

आकाशबाट झम झम, पानी परिरहन्छ ।
पानी सँगै दर दरी, आँशु झरिरहन्छ ।।
कसैको सम्झनाले, खुब्बै सताउँछ...
मनले सधै यही, गुनासो गरिरहन्छ ।।

((असारे महिनामा पानी पर्यो रुझाउँने............................))

मन उजाडिएपछि हरियाली बन हेर्नुको आनन्दबाट पनि बञ्चीत भइदो रहेछ, यो दुनियाँले–प्रकृतिले प्रस्तुत गर्ने संवेक त आफैबाट पो निर्धारण हुदो रहेछ । आँखाले मात्र देखिन्छ जस्तो लाग्थ्यो– यो दुनियाँ कुनै दिन । मनलाई आँखा बनाएर हेर्नुमा आनन्द भन्दा पनि झन धेरै आनन्द हुदो रहेछ, झन धेरै चल्दो रहेछ खुसीको बतास । असारे महिनाको यो झरी, यही झरीले कुनै दिन मनका सबै पिडा पखालेझै लाग्थ्यो, तर आजभोली बहुत शंका लाग्छ– हिजोका आँखा र आजका मेरो आँखा एउटै हुन कि होइनन् भन्ने बिषयमा । हिजो जसलाई राम्रो देख्थे आज उसैलाई नराम्रो देख्छु । हिजो जो सँग खुलेर रमाउथे आज त्यही मान्छेसँग रमाउन सक्दिन म ।

सानोमा एउटा सानो पिडा पर्दा बुबासँग गएर खुब्बै रुने मान्छे म, तर आज समय यसरी परिवर्तन भएको छ– आज कसैसँग पनि बसेर ढुक्कसँग रुन सक्दिन म, आफ्नो पिडा, आफ्नो व्यथा ढुक्कसँग कसैलाई पनि सुनाउन सक्दिन म । सायद समयको पावर भनेको यही होला, मान्छेहरु समयलाई किन्छु भनेर चेतावनी दिन्छन् तर १ रुपैया भुँइमा खसेपछि त्यसलाई टिप्ने समय पनि फिर्ता आउदैन भन्ने कुराको चेत मलाई आजभोली हुदैछ ।

मैले यति महङ्गो समयलाई यति सस्तोसँग खेर फालेँ– त्यती सस्तोसँग मैले कपाल फालिन, दारी फालिन । कपाल फाल्नको लागि पनि ५० रुपैया तिर्नुपर्छ, दारी फाल्नको लागि पनि ३० रुपैया तिर्नुपर्छ । तर मैले कति हो कति बहुमुल्य समयलाई सित्तैमा खेर फालिदिएँ, कहिलै चाहिदैन जस्तो गरेँ । यसको सजायँ म अबश्य भोग्छु । यही समयद्धारा नै म एकदिन बेइजेतीको पात्र हुनेछु, हुतिहारा हुनेछु, काम नलाग्ने लफङ्गो हुने छु । र त्यतिखेर मेरो दिमागको बिर्को बल्ल खुल्ने छ, मैले फोकटमा खेर फालेका एक एक सेकेण्डहरुले ड्याम ड्याम ति लठ्ठीलेझै पिट्ने छन् मलाई । म थैय भन्दै पुर्पुरो समात्दै बस्ने छु ।

बास्तममा जिवनको परिभाषा त आफैबाट पो निर्माण हुदो रहेछ, हिजो के बोल्थे आज जिवनको बिषयमा म अर्कै बोल्छु र सायद भोली अर्कै बोल्ने समय पनि नआउला भन्न सकिन्न । समयअनुसार लक्ष्यमा पनि परिवर्तन हुदै गयो– सानोको लक्ष्य थियो गुच्छा खेल्ने, कसैसँगबाट एउटा गुच्छा जित्दा खुसिले भोक लाग्दैनथ्यो । अलि ठूलो भएपछि लक्ष्यमा परिवर्तन आयो, त्यतिखेरको लक्ष्य थियो– कसरी स्कूलबाट भागेर साथीहरुसँग क्यारम बोर्ड खेल्न जाने । अझै ठूलो भएँ फेरी लक्ष्य बदलियो– कसरी प्रेम सम्बन्ध गाँस्ने, अरुका प्रेम देख्दा चकित थिएँ म । त्यसैले पनि बहुत रहर लाग्थ्यो प्रेम गर्न । र यो लक्ष्य पनि आज बदलिएको छ, सायद समय अनुसार परिवर्तन हुदै छु म..........

च्यातिएको मुटुलाई, सिएर रुन्छु ।
नुनिलो आँशुको स्वाद, पिएर रुन्छु ।।
मुटुभित्र धड्किने, धड्कन कहाँ छ होला...
मरिगए भेट्दिन, सम्झीएर रुन्छु ।।

((मनै बराल्ने न्याउलको बोली, यती बेला मैच्याङ के गर्दै होली......................))

जिवनमा जिवनको अनुभव भन्दा पनि मृत्युको अनुभव बढि हुदो रहेछ । यही अवसरसँग साटिरहेछु म आफ्नो आयु । असारे महिनामा आकाश रोएजस्तै रुदैछन् मेरा आँखाहरु पनि । आँखाहरुको मुलबाट कुलो बनाइ मुखको व्याड भिजाउँन आइपुग्छन् आँशुहरु । म दुवाली थुनेझै बिचैमा रोक्न खोज्छु आँशुलाई, तर अह मेरो केही सिप लाग्दैन । आँखाबाट आँशु आइ माथी शिरतिर जाने भए त्यही महत्व हुदैनथ्यो होला यसको, जती महत्व तप्प चुहिएर गालामा डोब बसाउदै बसाउदै, मुखलाई नुनिलो स्वाद चखाउदै भुँइमा खस्छ यो र बिलाउछ एकैछिनमा, मान्छे त्यही आफू रुदा भिजेको जमिन सम्झीन्छ, कोलाहल मच्चाउँछ, जोडले चिच्याउँछ ।

यसरी नै असारे महिनामा खेतमा रोपाइमा गरेजस्तै, आफ्नै आँशुहरुको सिँचाइबाट मनलाई सिथिल बनाउदैछु म । पलपल आफूलाई मृत अनुभव गरेर बाँचिरहनुमा पनि बढो अचम्म लाग्दो रैछ । कसैका भरौटे सपनाहरुले दिमागमा टुटुल्को उठाउँछन्, मन खिन्न भइदिन्छ अनि फेरी बग्न थाल्छ आँखाबाट तातो आँशु । जुन चिज बग्न त गालाबाट बग्छ, तर पोल्न चाँही सिधै मनमा पोल्छ चसक्क चसक्क पोल्छ । यस्तै यस्तै दुखेसो पोख्दै धेरै मान्छेहरु रुन्छन्, कति टाढैबाट हेरेर रुन्छन्– कति छातीमै टाँसिएर रुन्छन् । छातीमै टाँसिएर तातो आँशु बगाउँछन्, त्यही तातो आँशु सम्झाइरहन्छ हरेक पटकको असारे झरीले ।

आजपनि मलाई बच्चाजस्तै उसैगरि रुन मन लाग्छ । तर अब त्यस्तो अवसर कहाँ पाउँनु र, कसैले भनेको फिटिक्कै नमान्ने मान्छे म, त्यो दिन तिम्रा हरेक कुरामा स्वीकारुक्ती जनाएकोथेँ मैले । मलाई थाहा छ, त्यसदिन तिमीभन्दा बढि तिम्रा आँशुहरु बोलिरहेका थिएँ । आँशुसँग बगीरहेकी तिमीलाई आँशुकै तलाउमा डुबाउन पटक्कै मन लागेन मलाई । त्यसैले पनि चिच्चाएर रुने आट म मा आएन, त्यसो त हाम्रो समाजले पुरुषलाई खुलेर रुने छुट कहाँ नै दिएको छ र ? त्यसदिन थोरै प्रमी र धेरै साथी बनोर सम्झाएको थिएँ मैले । बाध्यताको जेल भित्र कैदी थिएँ म, आँशुहरु पनि थन्काएर तिम्रो अघि उपस्थित भएको थिएँ, तिनै शब्दहरुको बलले नै तागत भरिएको थियो होला तिमीमा । कहिल्यै माया नमार्ने शर्तमा सम्झौतामा छुटिएका थियौँ हामी । पृथ्वीको घुमाइ चक्रसँगै हामी यस्तो मोडमा भेटियौँ– आज हामी एकले अर्कोलाई चिन्दैनौ, बढो कहाली लागेर आउँछ यो क्षणको । म पुरानै मान्छे भएपनि तिम्रोलागि नौलो भएँ, अनी तिमी मेरोलागि सधै पराइ भइरह्यौँ । प्रेमलाई बलियो हरियार बनाएका हामी यही असारमा पानी परेजस्तै एकैपछिनको लागि क्षणिक खुसी दिएर टन्टलापुर घाममा सेकाइरह्यो । सायद यो कथा मेरो मात्रै होइन, तँपाइको पनि बन्न सक्छ.......

बाबु छोराको एउटै, साथ छैन हजुर ।
उनीहरुले समाउने, हात छैन हजुर ।।
हे भगवान तैलेँ, कति अत्याचार गर्छस्...
आँखा चिम्लेको कुनै, रात छैन हजुर ।।

((छङ छङ बग्ने खहरे खोला, अब त छोरा कुद्ने भो होला.................))
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter